मुख्य समाचार

अमेरिकी विमानस्थलमा ठोक्किँदा भीषण आगलागी, तीन यात्रु घाइते

अमेरिकी विमानस्थलमा ठोक्किँदा भीषण आगलागी, तीन यात्रु घाइते

एजेन्सी । अमेरिकाको मोन्टाना विमानस्थलमा अवतरण गर्ने क्रममा एक विमान पार्किङमा राखिएको अर्को विमान संग ठोकिदा भीषण आगलागी भएको छ ।

घटना लगत्तै मोन्टाना विमानस्थल बन्द गरी सम्पूर्ण उडानहरू केही बेरका लागि रद्द गरिएको थियो । आगलागीका कारण विमानस्थलको आकाशमा धुँवाको मुस्लोले भरिएको थियो ।

घटनाका कारण अवतरणका क्रममा रहेको विमानका यात्रु मध्ये ३ जनालाई सामान्य चोटपटक लागेको छ भने पार्किङमा राखिएको विमान भने जलेर नष्ट भएको छ ।

अमेरिकी सङ्घीय उड्डयन प्रशासन एफएमका अनुसार, सोकाटा टीबीएन ७०० टर्बोप्रोप विमानले विमानस्थलको पार्किङमा रहेका विमानलाई ठक्कर दिएको हो ।

आगलागी हुनुअघि विमानमा सवार पाइलट र तीन यात्री आफैँ बाहिर निस्कन सफल भएका थिए । अघि विमानमा सवार पाइलट र तीन यात्री आफैँ बाहिर निस्कन सफल भएका थिए ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *