मुख्य समाचार

गाजामा हवाई मार्ग मार्फत खाद्यान्न बितरण

गाजामा हवाई मार्ग मार्फत खाद्यान्न बितरण

एजेन्सी । इजरायली डिफेन्स फोर्स (आइडीएफ) ले गाजाबासीका लागि हवाई मार्ग मार्फत खाद्यान्न बितरण गरेको छ । 

संयुक्त अरब इमिरेट्स, जोर्डन, इजिप्ट, स्पेन, फ्रान्स र जर्मनी गरी ६ वटा राष्ट्रहरुले उपलब्ध गराएको खाद्यान्न हवाई मार्ग मार्फत बितरण गरिंदा गाजाबासीहरुले खाद्य सामग्री लिन तछाडमछाड गरेका छन् । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार दक्षिण र उत्तर गाजाका बासिन्दाहरूका लागि खाद्यान्न सहितको १ सय २६ प्याकेजहरू खसालिएको थियो । बढ्दो अन्तर्राष्ट्रिय दबाब र गाजामा भोकमरीले बिकराल रुप लिएपछी इजरायली सेनाले हवाई मार्ग मार्फत खाद्यान्न बितरण गरेको हो ।

यसअघि भनि आइडिएफले हवाई मार्ग मार्फत खाद्यान्न बितरण गर्दा गाजाबासीका लागि केही हदसम्म राहत मिलेको थियो । युद्धको मारमा परेका गाजाबासीहरु खानेपानी र खाद्यान्न अभावको चपेटामा हजारौं बालबालिका कुपोषण र भोकमरीको शिकार बनेका छन् । 

हमास र इजरायलबीच बन्धक रिहाइका लागि सहमति जुट्न नसकेपछी यी दुइ समुहबीच युद्ध लम्बिने संकेत देखिएको छ । जसका कारण भोकमरी र कुपोषणले बिकराल रुप लिने आंकलन गरिएको छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *