मुख्य समाचार

एन्जलसमा कर्फ्यु : पहिलो रातमा नै ४ सय जना गिरफ्तार

एन्जलसमा कर्फ्यु  : पहिलो रातमा नै ४ सय जना गिरफ्तार

एजेन्सी । अमेरिकाको लस एन्जलसमा कर्फ्यु  लगाइएको पहिलो रातमा नै चार सय जना गिरफ्तार भएका छन ।  

गिरफ्तार भएका मध्ये तीन सय ३० जना कागजात नभएका आप्रवासी रहेका छन । अन्य एक सय ७० जनालाई तोडफोडका कारण गिरफ्तार गरिएको ट्रम्प प्रशासनले जनाएको छ । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार प्रहरी अधिकारीको ज्यान लिने प्रयास गरिएको आरोपमा पनि केहीलाई पक्राउ गरिएको छ । दुई भिन्न घटनामा प्रहरी अधिकारीमाथि विस्फोटक प्रहार गरिएको आरोपमा पनि दुई जनालाई गिरफ्तार गरिएको छ । 

प्रदर्शनपछिको वातावरणलाई नियन्त्रणमा लिन चार हजार राष्ट्रिय सुरक्षा गार्ड र चार सय समुद्री सेना तैनाथ गरिएको थियो । लस एन्जलसकी मेयर कारेन बासले राष्ट्रपति डोनाल्ड ट्रम्पका कारण स्थिति असहज बनेको बताएकी छिन्  ।

उनले शान्त रहेको शहरमा शुक्रबार आप्रवासी धरपकड शुुरु गरेर अशान्त बनाएको आरोप लगाएकी हुन् । बासले मंगलबार शहरमा व्यापार नै प्रभावित भएका कारण कफ्र्यु घोषणा गरेकी थिइन् ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *