समाज

देश दुधमा अझै आत्मनिर्भर हुन सकेन

देश दुधमा अझै आत्मनिर्भर हुन सकेन

काठमाडौं । मुलुक दुधमा अझै आत्मनिर्भर हुन नसकेको तथ्याङ्कले देखाएको छ ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार दुधको उपलब्धता भने ८९ दशमलब ६ लिटर रहेको छ । संयुक्त राष्ट्र सङ्घको कृषि तथा खाद्य सङ्गठनका अनुसार एक वयस्क व्यक्तिका लागि वार्षिक न्यूनतम ९१ लिटर दुध आवश्यक पर्दछ । 

यस्तै, विगत तीन दशकदेखि सञ्चालित कृत्रिम गर्भाधान सेवा, नस्ल सुधार कार्यक्रम, सन्तुलित आहारको उपलब्धता, पशुरोग नियन्त्रण र पशुपालनका असर अभ्यासको प्रवर्धनले उन्नत नस्लका गाईभैँसीको सङ्ख्या तथा उत्पादकत्वमा वृद्धि भएको छ । 

आर्थिक वर्ष २०८०/८१ मा कुल दुध उत्पादन करिब २ दशमलब ७ प्रतिशतले वृद्धि भई दुधको उपलब्धता ८९ दशमलब ६ लिटर प्रतिवर्ष प्रतिव्यक्ति पुगेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को फागुनसम्म दुध उत्पादन १७ लाख ८९ हजार मेट्रिक टन पुगको छ । आर्थिक वर्ष २०८०/८१ मा दुध उत्पादन २६ लाख ८४ हजार मेट्रिक टन रहेको थियो । 

यसमध्ये गाईको दुधको हिस्सा ४७ दशमलब ८ प्रतिशत र भैँसीबाट उत्पादन भएको दुधको हिस्सा ५२ दशमलब २ प्रतिशत रहेको छ । डेरी उद्योग संघका अनुसार दैनिक ३१ करोड रुपैयाँ बराबरको ७२ लाख लिटर दुध उत्पादन हुने गरेको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *