मुख्य समाचार

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजपनि जारी

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजपनि जारी

काठमाडौं ।  नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजपनि जारी छ । 

गत सोमबारदेखि कांग्रेस केन्द्रीय समिति बैठक जारी रहेको छ । बैठकमा क्रियाशील सदस्यता नवीकरण तथा महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थाहरूको म्याद थप गर्ने वा नगर्नेलगायत विषयमा छलफल गर्ने एजेन्डा छ । 

केन्द्रीय सदस्यहरुले सम्बोधनका क्रममा सरकारका पार्टीको भूमिका प्रभावकारी नभएको, नेतृत्वकै कारण भ्रातृ संस्थाको अधिवेशन हुन नसकेको गुनासो गरेका छन । महाधिवेशन निर्धारित समयमै हुनुपर्ने माग पनि तिब्र रुपमा उठेको छ । 

धारणा राख्ने क्रम आजपनि जारी रहनेछ । केन्द्रीय सदस्यहरूले धारणा राखेपछि सभापति देउवाले जबाफ दिनेछन ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *