काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारीहरूको बैठक बोलाएका छन् । बैठक शुक्रबार २६ गते बिहान ९ बजे बुढानीलकण्ठस्थित देउवा निवासमा बस्नेछ ।
कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे गम्भीर छलफल हुने छ ।
पार्टीभित्र चर्कंदै गएको असन्तुष्टि र सरकारसँगको सम्बन्ध तथा आगामी रणनीतिसम्बन्धी विषय बैठकको मुख्य एजेन्डा हुने अनुमान गरिएको छ ।