समाज

कांग्रेस नेता आलमलाई सफाइ दिने न्यायाधीश थारुमाथि कार्यकक्षमै दुव्र्यवहार, कालोमसी छ्याप्ने ३ जना पक्राउ

कांग्रेस नेता आलमलाई सफाइ दिने न्यायाधीश थारुमाथि कार्यकक्षमै दुव्र्यवहार, कालोमसी छ्याप्ने ३ जना पक्राउ

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद अफताब आलमलाई सफाइ दिने उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जका न्यायाधीश खुशीराम थारुलाई नेकपा बहुमतले कालो मसी छ्यापेको छ । 

बिहीबार अदालतभित्र न्यायाधीश थारुको चेम्बरमा पुगेर बहुमतका नेताहरूले थारुलाई कालो मसी छ्यापेर दुब्र्यवहार गरेका हुन् । जिल्ला अदालत रौतहटबाट दोषी ठहर भई कारागारमा रहेका आलमलाई गएको जेठ १४ गते न्यायाधीशद्वय खुशीप्रसाद थारु र अर्जुन महर्जनको संयुक्त इजलासले जिल्लाको फैसला उल्ट्याउँदै सफाइ दिएको थियो । सोही फैसलाको विरोध गर्दै नेकपा बहुमतका कार्यकर्ताले कालो मसी छ्यापेका हुन् । 

मसी प्रहार गरे लगत्तै घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेकपा बहुमतका केन्द्रीय सदस्य प्युठानको गौमुखी गाउँपालिका–६ घर भई हाल ललितपुरको कुपन्डोल बस्ने ३८ वर्षीय किशोर कुँवर, बहुमत पार्टीका सर्लाही इन्चार्ज सर्लाही हरहथवा नरपालिका–२ घर भएका ४३ वर्षीय पदमबहादुर मगर तथा सिराहा जिल्ला कमिटी सदस्य गोलबजार घर भएका ४८ वर्षीय गर्भु महतो रहेको जिल्ला प्रहरी कार्यालय, पर्साका डिएसपी किशोर लम्सालले जानकारी दिए ।

आलमसहितलाई सफाइ दिने फैसलाको संक्षिप्त पाठ अनुसार सफाइ दिन अदालतले आलमलाई महान्यायाधीवक्ताको कार्यालयले यसअघि मुद्दा चलाउन नपर्ने निर्णय गरेको तथा सर्वोच्च्च अदालतले गरेको परमादेश, विष्फोटमा घाइते भनिएका पिन्टु भनिने त्रिलोक प्रकाश सिंह र ओशी अफताबलाई ट्याक्टरमा हाली राजा इट्टाभट्टामा ल्याइ पोलिएको भन्ने ठोस सबुत प्रमाण वादीले पेस गर्न नसकेको आधार देखाइएको छ । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *