प्रदेश

शिक्षा र निजामति ऐन ल्योन कुरामा कांग्रेस दृढ छः सभापति देउवा

शिक्षा र निजामति ऐन ल्योन कुरामा कांग्रेस दृढ छः सभापति देउवा

ललितपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वदेशमै सीपको उपयोग र लगानी गर्ने वातावरण सिर्जना गर्न जरुरी भइसकेको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् । देउवाले रोजगारी सिर्जना गरी युवा जनशक्ति स्वदेशमै रहने वातावरण मिलाउनुपर्ने बताए । सभापति देउवाले राष्ट्रिय नीतिमै रोजगारीलाई प्राथमिकता दिनुपर्ने कुरा आवश्यक रहेको उल्लेख गरे ।

देउवाले शिक्षा ऐन, निजामति ऐन ल्याउने कुरामा पनि नेपाली कांग्रेस दृढ रहेको बताए । सामाजिक सुरक्षा भत्ता वितरणमा समाजवादी अवधारणा बमोजिम नसक्नेलाई उपलब्ध गराउनुपर्ने देखिएको र योगदानमा आधारित सामाजिक सुरक्षा असंगठित क्षेत्रका श्रमजीविहरुले पाउन सहज बनाउनुपर्ने देउवाको भनाई छ  ।

त्यसका लागि कानून संशोधन गरेर व्यवहारिक रुपमा कार्यान्वयन गर्न आवश्यक रहेको देउवाले बताए । 
सभापति देउवाले श्रम क्षेत्रको कानून कार्यान्वयनमा केही समस्या रहेको गुनासो आएको भन्दै श्रम ऐनको कार्यान्वयनमा कांग्रेसले पहल गर्ने प्रतिवद्धता जनाए ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *