मुख्य समाचार

सप्तरीमा ५ सय १० केजी गाँजा बरामद

सप्तरीमा ५ सय १० केजी गाँजा बरामद

सप्तरी । सशस्त्र प्रहरीले सप्तरीको डाक्नेश्वरी नगरपालिका–५, भारतीय सीमाको दशगज्जा नजिकबाट ठूलो मात्रामा लागूऔषध गाँजा बरामद गरेको छ । 

भारततर्फ लैजादै गरिएको करिब ५ सय १० केजी गाँजा बिहान करिब ५ बजे गस्तीका क्रममा महादेवा र बलाट्टीको बीचमा पर्ने दशगजा क्षेत्रबाट बरामद भएको हो । 

पछिल्लो समय सप्तरीका गोबरगाढा, पातो, कुनौली, बनैनिया र बेल्ही नाकाबाट हुँदै गाजा तस्करी बढेको प्रहरीको भनाइ छ । गाजा बरामद भएको क्षेत्रमा प्रहरीले तस्करको खोजी जारी राखेको छ । 

चार दिनअघि मात्र सप्तरीको राजगढ–२ का ३७ वर्षीय खुबलाल, जगरनाथ, शक्ति विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालु यादवको प्रहरीको गोली लागेर मृत्यु भएको थियो ।

उनी तस्करी नियन्त्रण अभियानकै क्रममा मारिएका प्रहरीको दाबी भएपनि स्थानीयले हत्या गरिएको बताउँदै आएका छन् । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *