मुख्य समाचार

आफ्नो अभिव्यक्तिलाई लिएर प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने गठबन्धनको निष्कर्ष

आफ्नो अभिव्यक्तिलाई लिएर प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने गठबन्धनको निष्कर्ष

सत्ता गठबन्धनले प्रधानमन्त्रीले दिएको अभिव्यक्तिका कारण प्रधानमन्त्रीबाट राजीनामा दिनु नपर्ने निस्कर्ष निकालेको छ । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दलहरुको बैठकले कुनैबेलाको प्रसंगमा दिएको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्रीले राजीनामा दिन नपर्ने निर्णय गरेको हो । प्रधानमन्त्रीले दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्रीको राजीनामा माग्नु असंसदीय भएको निस्कर्ष गठबन्धनको छ । 
बैठकपछि नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हीतराज पाण्डेले प्रधानमन्त्रीको राजीनामा कल्पना गर्न पनि नसकिने प्रतिक्रिया दिए । दाहालले आफूले दिएको अभिव्यक्तिका बारेमा संसदमा आफ्ना धारणा राख्ने र भावनात्मक विषयवस्तुलाई अर्कै प्रसंगमा बोलिएका व्यक्तिगत कुरालाई लिएर सदन अवरुद्ध गर्नु उचित नभएको उनको भनाइ छ । 
प्रमुख सचेतक पाण्डेले प्रधामन्त्रीले संसदमा आफ्ना कुरा राख्न नपाउने भए कसले पाउने हो ? भन्दै प्रश्न गरे । माओवादी केन्द्रले बाहिरको विषयवस्तुलाई संसदमा ल्याएर एकैपकट प्रधानमन्त्रीको राजिनामा माग्नु अनौठो भएको जनाएको छ । बैठकले मिटरब्याजबिरुद्ध सम्बन्धीको अध्यादेशमा रहेको समस्याका बारेमा गठबन्धन दलबीच छलफल गरी चाँडै नै संसदबाट पास निर्णयपनि गरेको छ । गठबन्धन बैठकले कोशी प्रदेशको मुख्यमन्त्रीमा आज पाँच बजेसम्म नेपाली काँग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउने गरी प्रस्ताव पेस गर्न संघबाट निर्देशन दिइएको पनि दिएको छ ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *