मुख्य समाचार

राज्यले कृषिलाई प्राथमिकतामा नराखेको सरोकारवालाको गुनासो

राज्यले कृषिलाई प्राथमिकतामा नराखेको सरोकारवालाको गुनासो

रुपन्देही । रुपन्देहीमा कृषि क्षेत्रमा राम्रो सम्भावना भएपनि सरकारले उपेक्षा गरेको गुनासो सरोकारवालाले गरेका छन । 

तिलोत्तमा उद्योग वाणिज्य सघंको आयोजना र नेपाल उद्योग वाणिज्य महासघं लुम्बिनि प्रदेशको संयोजनमा भएको छलफलमा सहभागीहरुले राज्यले कृषिलाई प्राथमिकतामा मै नराखेको बताएका हुन् ।

सहभागीहरुले देशको अर्थतन्त्रको परिवर्तन अन्य क्षेत्रको तुलनामा कृषि क्षेत्रबाट छोटो समयमै प्रतिफल लिन सकिने बताए । 

सहभागीहरुले राष्ट्रिय खाद्य बैक, कृषि कार्य र कृषिमा बिचौलियाको अन्त्य, प्रबिधि मैत्री आधुनिक कृषि र बजारीकरणका बारेमा पनि चर्चा गरेका थिए ।

राष्ट्रिय अर्थतन्त्र निकै कमजोर भएकोले कृषि क्षेत्रको विकास निजि क्षेत्रसँग मिलेर गर्न सकिनेपनि उनीहरुले बताए ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *