मुख्य समाचार

आईपीओ स्वीकृतिमा कमिसन काण्ड : धितोपत्र बोर्डमा अख्तियारको छापा

आईपीओ स्वीकृतिमा कमिसन काण्ड : धितोपत्र बोर्डमा अख्तियारको छापा

काठमाडौं । निजी ऊर्जा उत्पादकहरूमाथि आईपीओ स्वीकृतिको नाममा ५ प्रतिशत कमिसन मागिएको आरोप सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल धितोपत्र बोर्डमा छापा मारेको छ ।

बुधबार मारिएको छापामा बोर्डमा पाइपलाइनमा रहेका ८९ कम्पनीका कागजपत्रहरू नियन्त्रणमा लिइएको अख्तियार स्रोतले जनाएको छ ।

इप्पानका अनुसार ४३ जलविद्युत् कम्पनीमध्ये ४२ सँग बोर्ड अध्यक्षका नातेदार वा प्रतिनिधि भनिएका व्यक्तिहरूले भेटेर वा फोन, एसएमएस र इमेलमार्फत कमिसन माग गरेका थिए ।

यस विषयले संसदसम्म चर्चा पाएपछि अख्तियारले बोर्डको कार्यालयमा छापा मारेको हो ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *