समाज

भोजपुरको खोक्सिकमा २२ रोपनीमा कफी खेती

भोजपुरको खोक्सिकमा २२ रोपनीमा कफी खेती

भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिका ८ खोक्सिकाको २२ रोपनी क्षेत्रमा किसानले सामुहिक खेती थालेका छन् । 

मकै, आलु जस्ता परम्परागत बालीमा निर्भर रहेका किसानहरू हाल आयमूलक र निर्यातमूखी खेतीतर्फ उन्मुख हुन थालेका हुन् । खोक्सिक कफी खेतीका लागि उपयुक्त भुगोल हुनुका साथै अन्य बालिको तुलनामा कफीबाट राम्रो आम्दानी लिन सकिने किसानको भनाइ छ । 
 
खोक्सिक कफी खेतीका लागि भौगोलिक रुपमा उर्वरभूमि रहेकोले कफीखेती विस्तारमा जोड दिएको वडा कार्यालयले जनाएको छ । यहाँ नमूना कफी खेती विस्तार गर्ने लक्ष्यले आठ जना कृषकहरुको समुहले २२ रोपनी क्षेत्रमा दुई हजार दुई सय विरुवा विस्तार गरिरहेको छ । 
 
वशेष गरेर युवा पुस्तालाई परम्परागत कृषि भन्दा व्यावसायिक कफी खेतीप्रति आकर्षित गर्न सामुहिक कफी खेतीको सुरुवात गरिएको जनप्रतिनिधिले बताएका छन् । वडा कार्यालयको पहलमा कोशी प्रदेश सरकारको  सात लाख लागत र किसानसँगको साझेदारीमा यहाँ गुराँस कृषि सहकारी मार्फत सामूहिक कफी खेतीको शुुरुवात गरिएको हो । 

यहाँको रामप्रसादराई गाउँपालिकासँगै हतुवागढी गाउँपालिकाको सिन्द्राङ, होम्ताङ, लुङ्गिन, लुम्थुङसँगै आमचोक गाउँपालिकालगायत क्षेत्रका किसानहरुले कफीको खेती गरिरहेका छन् । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *