Siddarth bankविज्ञापन
मुख्य समाचार

कोशीका मुख्यमन्त्री थापाले लिए पद तथा गोपनियताको सपथ

कोशीका मुख्यमन्त्री थापाले लिए पद तथा गोपनियताको सपथ

 

कोशी प्रदेशका मुख्यमन्त्री उद्वव थापाले पद तथा गोपनीयताको शपथ लिएका  छन् ।  आज विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रमुख परशुराम खापुङले मुख्यमन्त्री थापालाई शपथग्रहण गराएका हुन् । मुख्यमन्त्री थापाले शपथ ग्रहणसँगै आज सानो आकारको मन्त्रीमण्डल पनि बिस्तार गरेका छन् । पहिलो चरणमा कांग्रेससहित एकीकृत समाजवादीबाट एक एक जना विना विभागीय मन्त्री बनेका हुन । एकीकृत समाजवादीबाट पाँचथरका कमलप्रसाद जबेगु र कांग्रेसबाट ओखलढुंगाका प्रदीप सुनुवार मन्त्री नियुक्त भए पनि उनीहरुको मन्त्रालय तय भएको छैन । ९३ सदस्यीय प्रदेशसभामा सरकारका लागि ४७ प्रदेश सभा सदस्यको बहुमत संख्या पु¥याएपछि प्रदेश प्रमुख खापुङले हिजो थापालाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । सभामुख सरकार निर्माण प्रक्रियामा सहभागी भएको भन्दै एमालेले कानुनी प्रश्न उठाएको छ । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *