समाज

तनहुँका किसानलाई  चैते धान भित्राउने चटारो

तनहुँका किसानलाई  चैते धान भित्राउने चटारो

तनहुँ । तनहुँका किसान चैते धान खेती भित्राउने चटारोमा रहेका छन् । 

दुई समयमा धान खेती नहुने स्थानमा वर्षे धान लगाउने कार्य शुुरु भइसकेको छ । तनहुँको भानुको चुँदीफाँट, खहरेफाँट, सतीघाटफाँट, व्यासको घाँसीकुवाफाँट, साँगेफाँट, कलेस्तीफाँट, माझफाँट, गजौडेफाँट, शिशाघाटफाँट, म्याग्देको गुणादीफाँट, थर्पुफाँट, पसलेफाँट, सेराफाँटलगायतका विभिन्न पालिकाका फाँटमा धान खेती हुने गरेको छ । 

चैते धान विशेषगरी चिउरा उत्पादनका लागि उपयोग गरिने गरिएको ज्ञान केन्द्रले जनाएको छ । तनहुँको कुल ९ हजार ४ सय ६४ हेक्टर क्षेत्रफलमा धान खेती हुने भएपनि एक हजार आठ सय दुई हेक्टर क्षेत्रफलमा चैते धान खेती हुँदै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ । 

आर्थिक वर्ष २०८०÷८१ मा ३७ हजार ९४२ मेट्रिकटन धान उत्पादन भएको छ । त्यसमध्ये आठ हजार ७०४ मेट्रिकटन चैते धान उत्पादन भएको जनाएको छ । चैते धान पवद्र्धन कार्यक्रमले यसतर्फ किसान आकर्षित भएको ज्ञान केन्द्रले जनाएको छ ।  

तनहुँका अधिकांश फाँटमा धान खेती गरिन्छ । भानु,  व्यास, भिमाद, शुक्लागण्डकी, म्याग्दे, आँबुखैरेनी, देवघाट, बन्दीपुर, ऋषिङ, घिरिङमा धान खेती हुने गरेको छ । तर, भानु, व्यास, म्याग्दे, आँबुखैरेनीका अधिकांश फाँटमा चैते धान खेती पनि हुँदै आएको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *