समाज

महाराजगञ्जको होटलबाट चक्रे मिलन पक्राउ

महाराजगञ्जको होटलबाट चक्रे मिलन पक्राउ

काठमाडौं । गुण्डा नाइकेका रुपमा चिनिएका चक्रे मिलन भनिने मिलन गुरुङलाई प्रहरीले बिहीबार राति महाराजको एक होटलबाट पक्राउ गरेको छ ।

महाराजगञ्जको बाँसबारी रोडमा रहेको होटल साम्बालामा पुगेर जिल्ला प्रहरी परिसर, काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले राति उनलाई पक्राउ गरेको हो ।

बिहीबार राति आफ्नै जन्मदिन मनाउन उनी होटल साम्बाला पुगेका थिए, त्यहि क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले विशेष सूचनाका आधारमा छापा मार्दै चक्रे मिलन र उनका सहयोगीहरूलाई पक्राउ गरेको हो।

प्रहरी स्रोतका अनुसार, सोही अभियानमा ठमेल र महाराजगन्ज क्षेत्रबाट आपराधिक गतिविधिमा संलग्न ४७ जना व्यक्तिहरूलाई समेत पक्राउ गरिएको छ।यसअघि पनि चक्रे मिलन २०७४ सालको वैशाख २६ गते महाराजगन्जबाटै पक्राउ परेका थिए। 

 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *