Siddarth bankविज्ञापन
मुख्य समाचार

रवि लामिछानेलाई ललितपुरको नक्खु कारागार सरुवा गरिने

रवि लामिछानेलाई ललितपुरको नक्खु कारागार सरुवा गरिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृह मन्त्री रवि लामिछानेलाई ललितपुरको नक्खु कारागार सरुवा गरिने भएको छ ।

हाल रुपन्देही कारागारमा रहेका उनलाई  रुपन्देही कारागारले आवश्यक प्रक्रिया पूरा गरेपछी नख्खु कारागार सरुवा गर्न लागेको हो । 

लामिछानेले सरुवा माग गर्दै अदालत र जिल्ला प्रशासन कार्यालयबाट पहिल्यै अनुमति पाइसकेका थिए । तर, गृह मन्त्री रमेश लेखकको निर्देशनमा कारागार व्यवस्थापन विभागले सरुवाको निर्णय रोकेको भन्दै आलोचना भएको थियो । 

रवि हाल बुटवलको सुप्रिम सहकारीको रकम ठगी गरेको अभियोगको पुर्पक्षका क्रममा भैरहवा कारागारमा छन् । जिल्ला अदालतले १ करोड रूपैयाँ धरौटीमा रिहा गरेको भए पनि उच्च र सर्वोच्च अदालतले उनलाई थुनामै बस्नुपर्ने आदेश गरेको थियो ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *