समाज

राष्ट्रिय स्वतन्त्र पार्टीले आज स्थापना दिवस मनाउँदै

राष्ट्रिय स्वतन्त्र पार्टीले आज स्थापना दिवस मनाउँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज तेस्रो पार्टी स्थापना दिवस मनाउँदैछ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेको उपस्थितिविना नै तेस्रो पार्टी स्थापना दिवस मनाउँन लागेको हो । 

आज रास्वपाले  ‘लुटतन्त्रको खारेजी एवं सुसंस्कृत राजनीतिको संवर्द्धनका लागि सडक र संसदमा’ भन्ने मूल नारासहित देशव्यापी अभियान सञ्चालन गरी पार्टीको तेस्रो स्थापना दिवस मनाउँन लागेको छ । 

पार्टीका संस्थापक सभापति लामिछाने सहकारी ठगी मुद्दाको आरोपमा पुर्पक्षका लागि जेलमा कारागारमा छन् । विभिन्न सहकारीको बचत रकम हिनामिना गरेको आरोपमा उनीविरुद्ध ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा लागेको छ ।

अहिले पुर्पक्षमै रहेर उनले काठमाडौंसहित चितवन, कास्की, रुपन्देही र पर्सा जिल्ला अदालतमा मुद्दा लडिरहेका छन् । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *