मुख्य समाचार

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा सब-इन्जिनियरविरुद्ध मुद्दा दर्ता

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा सब-इन्जिनियरविरुद्ध मुद्दा दर्ता

काठमाडौ । नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी जागिर खाएको आरोपमा तिलाठी कोईलाडी गाउँपालिकाका सब-इन्जिनियरविरुद्ध मुद्दा दर्ता गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाका तत्कालीन सब-इन्जिनियर करारमा कार्यरत दिपेन्द्र कुमारविरुद्ध मुद्दा दर्ता गरेको हो ।

उनीमाथि नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी नियुक्ति लिई ओहोदा, लाभ र सुविधा प्राप्त गरेको आरोप आयोगले लगाएको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *