समाज

डोल्पाको त्रिपुरासुन्दरीमा जलधार क्षेत्र निर्माण

डोल्पाको त्रिपुरासुन्दरीमा जलधार क्षेत्र निर्माण

डोल्पा । डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–७ छलस्थित धार्मिक पर्यटकीय क्षेत्र विकास अन्तर्गत बहुप्रतीक्षित जलधार क्षेत्र निर्माण गरिएको छ । 

निर्माण गरिएको संरचनाको नगरप्रमुख जनचन्द्र रोकायाको नेतृत्वमा जिल्ला समन्वय समितिका प्रमुख श्यामबहादुर रोकाया, ठुलीभेरी नगरप्रमुख सुवर्ण बुढा, प्रमुख जिल्ला अधिकारी रोमहादुर महत सहितको टोलीले जलधार क्षेत्रको स्थलगत अवलोकन गरेको हो ।

सो अवसरमा त्रिपुरासुन्दरी नगरपालिकाको आयोजनामा रुद्रपाठ, होम यज्ञ लगायत धार्मिक अनुष्ठान समेत गरिएको थियो । जलधार निर्माण अन्तर्गत ५ वटा तामापित्तल जडित धारा निर्माण गरिएका छन् ।   जसले श्रद्धालुहरूलाई मन्दिर दर्शन गर्नुअघि पवित्र स्नान गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

साथै, बच्चाहरूको मनोरञ्जनका लागि पौडी पोखरी समेत निर्माण गरिएको छ । छल मष्टा भवानी मन्दिर कर्णालीको पवित्र धार्मिक केन्द्रका रूपमा चिनिने यो मन्दिर देवीको अद्भुत शक्तिको आस्थाको केन्द्र मानिन्छ । 

यहाँ पूजाअर्चना गर्ने भक्तजनको मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ  ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *