समाज

संसद चल्नै नसक्ने परिस्थिति निर्माण हुँदा विधेयकहरू अड्किएः सभामुख घिमिरे

संसद चल्नै नसक्ने परिस्थिति निर्माण हुँदा विधेयकहरू अड्किएः सभामुख घिमिरे

ललितपुर । सभामुख देवराज घिमिरेले संसद सुचारु हुन नसक्दा विधेयकहरू अड्किएको बताएका छन् ।

डिप्लोमा इन्जिनियर्स एशोसिएशन, नेपाल (डीन) को ४५ औँ वार्षिकोत्सव तथा विश्व वातावरण दिवसको अवसरमा शुक्रवार ललितपुरमा आयोजित “जलवायु परिवर्तन, प्लास्टिक र विश्वव्यापी वातावरण” विषयक कार्यशालामा बोल्दै सभामुखले यस्तो बताउका हुन् ।

घिमिरेले विभिन्न विधेयकहरूलाई कानूनको रूप दिन आफूहरू तल्लीन रहेको बताउँदै संसद नै चल्न नसक्ने परिस्थिति निर्माण भएको बताए । सभामुख घिमिरेले संसद चल्न नसक्दा सङ्घीय निजामती सेवा ऐन, विद्यालय शिक्षा सम्बन्धी ऐन लगायतका ऐनहरू अड्किएर बसेको दाबी गरे ।

सभामुख घिमिरेले संसद्मा विधेयकहरू अड्किने परिवेश र परिस्थिति अन्त्यको लागि सबैले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् । 

कार्बन उत्सर्जन गर्ने कामहरूलाई नियन्त्रण गर्न तत्कालै नलागे भविष्यको मात्रै नभएर आजकै जीवन गम्भीर बन्ने सभामुखको भनाई छ ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *