मुख्य समाचार

सिराहामा खुकुरी प्रहारबाट भाइले गरे दाइको हत्या

सिराहामा खुकुरी प्रहारबाट भाइले गरे दाइको हत्या

काठमाडौं । सिराहामा खुकुरी प्रहारबाट भाइले आफ्नै दाइको हत्या गरेका छन् । 

सिराहाको गोलबजार नगरपालिका ३ मुसहर्नियाँ पुराण्डिहका २५ वर्षीय श्याम सदाको खुकुरी प्रहारबाट उनकै दाइ ३५ वर्षीय लेलहा भन्ने मोतीराम सदाको हत्या भएको हो । 

जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार बिहीबार राति श्याम र उनकी श्रीमती कौशल्या सदाबीच घरायसी विवाद भइरहेको थियो । विवाद छुट्टाउन गएका दाइ मोतीराम भाइ श्यामले खुकुरी प्रहार गरेका थिए ।

खुकुरी प्रहारबाट गम्भीर घाइते भएका मोतीरामको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा राति नै मृत्यु भएको प्रहरीले जनाएको छ । 

 

 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *