मुख्य समाचार

संसदलाई अवरुद्ध गर्नु जनताको अधिकार वन्धक बनाउनु हो : कांग्रेस

संसदलाई अवरुद्ध गर्नु जनताको अधिकार वन्धक बनाउनु हो : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिशोध राखेर संसदमा विरोध गरिरहेको बताएका छन् । 

सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरुसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले सहमतिमा आइसकेपछि पनि प्रतिशोध राखेर संसद अवरुद्ध गरिनु राम्रो नरहेको बताए । 

उनले रास्वपाले समय तोकेर अनुसन्धानको प्रक्रिया अघि बढाउने माग राखेको र गृह मन्त्री रमेश लेखकले संसदमा सम्बोधनका क्रममा एक महिनाभित्र प्रक्रिया अघि बढाउने बताइसकेपछि पनि संसद अवरुद्ध पार्नु राम्रो नभएको जिकिर गरे । 

प्रमुख सचेतक घिमिरेले प्रतिशोध साध्ने हिसावले संसदलाई प्रयोग गर्न नमिल्ने बताए । उनले संसदलाई अवरुद्ध गर्नु र वन्धक बनाउनु भनेको सार्वभौम आम जनताको अधिकार वन्धक बनाउनु रहेको बताए । 

संसद आफ्नो नियमावली अनुसार सञ्चालन हुने यनले बताए । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *