गुल्मी । अविरल वर्षाका कारण गुल्मीको रिडी–वामीटक्सार सडक अवरुद्ध बनेको छ ।
रिडी–वामीटक्सार सडकखण्ड अन्र्तगत सत्यवती गाउँपालिका –६ स्थित डहरे खोलामा पानीको बहाव बढेपछि बिहानदेखि सडक पूर्ण रुपमा अवरुद्ध बनेको हो ।
डहरेमा सडक माथिबाट लेदो सहितको बाढी आएपछि सडक पूर्ण रुपमा अवरुद्ध हुँदा त्यस क्षेत्रबाट रिडीहुँदै बागलुङको बुर्तिबाङ्गसम्म आवतजावत गर्ने सवारी साधनहरु सञ्चालन हुन सकेका छैनन् । अवरुद्ध सडक सुचारु गर्नका लागि पहल भैरहे पनि लगातार पानी परिरहेको कारण सडक सुचार गर्न समस्या परेको प्रहरी जनाएको छ ।
त्यसैगरी दुई दिनदेखि परेको लगातारको वर्षाको कारण गुल्मी स्थित बडिगाड खोलामा पनि पानीको सतह बढ्दै जान थालेको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीले वर्षादको समयमा खोलाको टटीय क्षेत्रका वासिन्दाहरुलाई सर्तकता अपनाउँदै सुरक्षित स्थानमा वसोवास गर्न आग्रह गरेको छ ।
प्रशासनले अत्यावस्यक काम बाहेक मानिसहरुलाई लामो यात्रामा ननिस्कन सूचित गरेको छ । जिल्ला विपद् व्यवस्थापन समितिले गुल्मीमा एक सय ८० भन्दा बढी स्थानहरुलाई बाढी पहिरोको उच्च जोखिममा राखेको छ ।