मुख्य समाचार

गाजामा नागरिकहरूको हत्या बारे बेलायतसिहत २७ राष्ट्रहरूले गरे इजरायलको निन्दा

गाजामा नागरिकहरूको हत्या बारे बेलायतसिहत २७ राष्ट्रहरूले गरे इजरायलको निन्दा

एजेन्सी । बेलायतसहित २७ देशले गाजामा जारी युद्ध तत्काल अन्त्य हुनुपर्ने आवाज उठाएका छन्। 

गाजामा सर्वसाधारणमाथि भएको ज्यादती बढी भएको भन्दै उनीहरुले निन्दा गरेका हुन्। सार्वजनिक भएको संयुक्त विज्ञप्तिमा इजरायलले राहत वितरण रोकेको तथा त्यहाँको नागरिकको हत्या गरेको भन्दै निन्दा गरिएको छ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार एक सातामा इजरायली आक्रमणबाट १०९ जना मारिएको तथा कुपोषणका कारण अन्य १९ जना मारिएको जनाइएको छ।

विज्ञप्ति हस्ताक्षर गर्नेमा बेलायत, अस्ट्रेलिया, क्यानडा, फ्रान्स, इटाली, जापान, न्युजिलयान्ड र स्वीजरल्यान्ड छन्। उनीहरूले पानी र खाद्यान्नको अभाव भइरहेको तथा राहत कुरिरहेको समयमा आठ सय जना प्यालेस्टाइनी मारिएको भन्दै विज्ञप्ति जारी गरेका छन्।

मे महिनादेखि, इजरायलले गाजामा खाद्यान्नको लागि ११ हप्ताको पूर्ण नाकाबन्दीलाई आंशिक रूपमा खुकुलो गरेदेखि, खाद्यान्नको प्रती पर्खिरहेका प्यालेस्टाइनी मारिएको समाचारमा उल्लेख भएको छ ।  

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *