मुख्य समाचार

भोजपुरका विद्यार्थीहरु पछिल्लो समय प्राविधिक शिक्षाप्रति आकर्षित

भोजपुरका विद्यार्थीहरु पछिल्लो समय प्राविधिक शिक्षाप्रति आकर्षित

भोजपुर । भोजपुरका विद्यार्थीहरुमा पछिल्लो समय प्राविधिक शिक्षाप्रति आर्कषण बढेको छ । 

स्थानीय सरकारले प्रविधियुक्त र व्यवहारिक शिक्षामा जोड दिएपछि विद्यार्थीहरु यस प्रति आकर्षित भएका हुन् । 

भोजपुरको रामप्रसादराई गाउँपालिका ३ भुल्केमा रहेको पञ्चकञ्या माध्यमिक विद्यालयले कृषि विषयमा प्रविधिक शिक्षा प्रदान गरेपछि वडाका अधिकांश विद्यार्थीहरुले यो शिक्षा लिइरहेका छन् । विद्यालयले उनीहरुलाई कृषिको विषयमा विभिन्न सीपहरु प्रदान गर्दै आएको छ । 

शिक्षालाई पराम्परामूखी भन्दा पनि व्यावहारिक र प्रविधियुक्त बनाउन विद्यालयले यहाँ प्राविधिक शिक्षाको थालनी गरेको हो । यस अघिको  कक्षा १२ को परिक्षामा सामेल ६० विद्यार्थी मध्ये ४९ जना प्राविधिक धार र ११ जना साधारण धार तर्फ उत्र्तीर्ण भएका छन् । 

विद्यार्थीहरुलाई अभ्यासको लागि विद्यालय परिसर तथा लिजमा जग्गा दिएर विभिन्न तरकारी बालीको खेती गरिएको छ । विद्याथीहरुले अकबरे खुर्सानी च्याउ खेती, टमाटर खेती, माछापालन, काउली, एभोकार्डो खेतीसँगै अन्य कृषिका विषयमा अभ्यास मार्फत ज्ञान लिदै आएका छन् । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *