समाज

टमाटर खेतीमा आकर्षित हुँदै भोजपुरका किसान

टमाटर खेतीमा  आकर्षित हुँदै भोजपुरका किसान

भोजपुर । भोजपुर नगरपालिका–१२ टक्सार पारपानीका किसान व्यावसायिक टमाटर खेतीमा लागेका छन् ।

अन्य बालिको तुलनामा टमाटर खेतीबाट राम्रो आम्दानी हुने भए पछि कृषकहरु व्यवसायिक खेतीमा जुटेका हुन् । राज्यको तर्फबाट अनुदानसँगै विभिन्न प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिएपछि भोजपुरमा व्यवसायिक कृषिमा लाग्नेको संख्या समेत बढेको छ । किसानहरु कृषि व्यवसाय गरेर राम्रो आम्दानी गर्न सफल भएका छन् । 

भोजपुर सदरमुकामको करेसाबारीको रुपमा परिचित पारपानी क्षेत्रका किसानहरुले टमाटरसँगै व्यवसायिक रुपमा अकबरे खुर्सानी, काउली, बन्दा, सिमी, साग, लसुन, स्कुसलगाएतका तरकारी खेती गर्दै आएका छन् । व्यावसायिक रुपमा कृषिमा लागेका कृषकलाई आवश्यक सहयोग गर्नसके जिल्लालाई कृषिमा आत्मानिर्भर बनाउन सहज हुने जिल्ला समन्वय समितिको विश्वास छ । 
 
यहाँ उत्पादन भएका कृषि उपज भोजपुर सदरमुकामसंगै जिल्लाको विभिन्न ठाउँमा जाने गरेको छ । स्थानीयले प्रोत्साहनका कार्यक्रमसँगै उत्पादित बस्तुको बजारीकरणमा समेत राज्यले ध्यान दिन आवश्यक रहेको बताएका छन् । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *