मुख्य समाचार

वीरगञ्जमा हैजाबाट संक्रमित हुनेको संख्या  ९६ पुग्यो

वीरगञ्जमा हैजाबाट संक्रमित हुनेको संख्या  ९६ पुग्यो

काठमाडौ । पर्साको वीरगञ्ज महानगरपालिकामा हैजा सङ्क्रमितको सङ्ख्या ९६ पुगेको छ । महानगरमा हैजा रोकथाम र नियन्त्रणका लागि तीनवटै सरकारले कोसिस गरिरहे पनि सङ्क्रमतिको सङ्ख्या घटेको छैन । आइतबार बेलुकासम्म ९६ जनामा हैजाको सङ्क्रमण पुष्टि भएको थियो ।  हालसम्म वीरगञ्जका विभिन्न अस्पतालमा १ सय ६६ जना हैजाका बिरामी उपचाररत छन् भने १ सय ७८ जना उपचारपछि घर फर्किएका छन् । नारायणी अस्पतालमा  आरडिटी जाँचमा  ३२ जना बिरामीमा कलेरा सङ्क्रण भेटिएको छ । साथै तराई अस्पतालमा ३२ जना, नेसनल मेडिकल कलेजमा १२ जना, भवानी अस्पतालमा, वीरगञ्ज हेल्थ केयर, मङ्गलम प्याथोलोजीमा तीन–तीन जनामा हैजाको सङ्क्रमण देखिएको छ ।  अर्ली अर्थो अस्पतालमा भने दुई जना हैजाका बिरामी भेटिएका छन् । त्यस्तैगरी, नारायणी सेन्ट्रल अस्पताल, एड्भान्स मेडिकेयर, नेपाल इन्डो अस्पताल, नीलकण्ठ अस्पताल, नेपाल मेडिसिटी बयोधा अस्पताल, सर्वोत्तम अस्पतालमा पनि हाल एकएक जना हैजाका बिरामी भेटिएका छन् । अहिलेसम्म अस्पताल आइपुगेका झाडापखाला र हैजाका बिरामीको सङ्ख्या ३ सय ४४ छ । यीमध्ये २७ जना आइसीयूमा, ६ जना एचडीसीयू र १ सय २२ जनाको जनरल वार्डमा उपचार भइरहेको छ । महानगरमा हैजा रोकथाम र नियन्त्रणका लागि तीनवटै सरकारले अधिकतम प्रयास जारी राखे पनि हैजा सङ्क्रमितको सङ्ख्या घटेको छैन ।।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *