मुख्य समाचार

गाजामा इजरायलका गैरकानुनी गतिविधिविरुद्ध तत्काल कदम चाल्न कुटनीतिज्ञको आब्हन

गाजामा इजरायलका गैरकानुनी गतिविधिविरुद्ध तत्काल कदम चाल्न कुटनीतिज्ञको आब्हन

एजेन्सी । कूटनीतिज्ञहरूले प्यालेस्टाइनमा इजरायलका गैरकानुनी गतिविधिहरूमा तत्काल कदम चाल्न आब्हन गरेका छन । युरोपेली संघका पूर्वराजदूतहरू, वरिष्ठ कूटनीतिक कर्मचारीहरू र युरोपेली राष्ट्रहरूका दुई सय नौ जना राजदूतहरूले सार्वजनिक पत्रमा हस्ताक्षर गर्दै इजरायलको गाजा युद्ध र पश्चिमी किनारामा गैरकानुनी गतिविधि नियन्त्रण गर्न माग गरेका हुन । पत्रमा युरोपेली संघले सामूहिक रूपमा कदम चाल्न नसके सदस्य राष्ट्रहरूले व्यक्तिगत रूपमा वा साना समूहहरूमा मानवअधिकारको समर्थन र अन्तर्राष्ट्रिय कानुनको पालना गर्न कदम चाल्नुपर्ने बताएका छन । पत्रमा हतियार निर्यात अनुमतिपत्र निलम्बन, गैरकानुनी बस्तीहरूसँग वस्तु र सेवाहरूको व्यापारमा प्रतिबन्ध लगाउन माग गरिएको छ । त्यस्तै युरोपेली डेटा सेन्टरहरूलाई इजरायलको सरकार वा व्यावसायिक स्रोतहरूबाट गाजा र अन्य कब्जा गरिएका क्षेत्रहरूमा इजरायलको उपस्थिति र गतिविधिहरूसँग सम्बन्धित डेटा प्राप्त गर्न, भण्डारण गर्न वा प्रशोधन गर्न रोक लगाउनपनि उनीहरुको माग छ । युरोपेली संघले सामूहिक कदम नचालेमा राष्ट्रहरूले व्यक्तिगत रूपमा कदम चाल्नुपर्ने माग पहिलो पटक गरेको हो । यसैविच गाजाको नासेर अस्पतालमा इजरायली आक्रमणको विश्वभर निन्दा भएको छ । गाजामा मारिएका पत्रकारको सम्झनामा बेल्जियमको राजधानी ब्रसेल्समा पत्रकारले प्रदर्शन गरेका छन । आक्रमणमा पाँच पत्रकारसहित कम्तीमा २० जनाको मृत्यु भएको थियो । इजरायलमा बन्धकको रिहाइ र युद्ध तत्काल अन्त्यको माग गर्दै विरोध प्रदर्शन भएका छन । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *