समाज

प्रेम सम्बन्धमा पारी भारत तस्करी प्रयास, २५ वर्षीय युवक पक्राउ

प्रेम सम्बन्धमा पारी भारत तस्करी प्रयास, २५ वर्षीय युवक पक्राउ

पर्सा । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा सखुवा प्रसौनी गाउँपालिका ५ बस्ने २५ वर्षीय हिरा माझीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

हिराले पीडितलाई प्रेम सम्बन्धमा पारी विभिन्न प्रलोभन देखाई ललाई फकाई विवाह गर्छु र भारतको दिल्लीमा काम लगाई दिन्छु भनि लग्नै क्रममा प्रहरीले पक्राउ गरको छ ।

काठमाडौंबाट वीरगंज हुदै भारतको दिल्ली लैजाने लागेको अवस्थामा प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले उनलाई वीरगंज महानगरपालिका १६ शंकराचार्य गेटस्थित सडकबाट पक्राउ गरेको हो ।

साथै प्रहरीले पीडितलाई उद्दार समेत गरेको छ । उनी उपर मानव बेचबिखन तथा ओसार पसार सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *