काठमाडौ । नेपाली कांग्रेसका सक्रिय नेता तथा संगठन सुदृढीकरणमा लामो समयदेखि क्रियाशील मोहन बरालले पार्टीको १५औँ महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन्।
सिन्धुली क्षेत्र नं. १ का स्थायी बासिन्दा बराल पार्टीको जिल्ला, क्षेत्रीय तथा केन्द्रस्तरसम्मका विभिन्न जिम्मेवारीमा रहेर कार्यसम्पादन गरिसकेका अनुभवी नेता हुन्। उनले नेपाली कांग्रेस सिन्धुलीको जिल्ला सभापतिको रूपमा एक कार्यकाल सेवा गरिसकेका छन् भने क्षेत्रीय प्रतिनिधिका रूपमा समेत पार्टीभित्र लामो समयदेखि योगदान पुर्याउँदै आएका छन्।नेपाली कांग्रेसका नेता मोहन बराल सिन्धुलीमा इमानदार, निःस्वार्थ र सक्रिय जनप्रतिनिधिका रूपमा चिनिन्छन्। शिक्षा, स्वास्थ्य, सडक र पूर्वाधार विकासमा सक्रिय बरालले दुर्गम बस्तीमा पुगेर जनतासँग प्रत्यक्ष संवाद गर्दै आएका छन्।
उनको नेतृत्वमा सञ्चालित शैक्षिक सामग्री वितरण, स्वास्थ्य शिविर र सडक सुधार कार्यक्रमहरू जनस्तरमा प्रशंसित छन्।राजनीतिमा शुद्धता र पारदर्शिताका पक्षपाती बराल युवाका लागि प्रेरणास्रोत मानिन्छन्। लोकप्रिय नेताका रूपमा चिनिएका उनले भने, “जनताको भरोसा नै मेरो बल हो।”