Siddarth bankविज्ञापन
समाज

बागमती प्रदेश कांग्रेस संसदीय दलको नेतामा बानियाँ निर्वाचित

बागमती प्रदेश कांग्रेस संसदीय दलको नेतामा बानियाँ निर्वाचित

काठमाडौं । नेपाली कंग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् । 

बुधबार बागमती प्रदेशसभा सचिवालय मकवानपुरमा भएको निर्वाचनमा मुख्यमन्त्री समेत रहेका बहादुरसिंह लामालाई ८ मतले पराजित गर्दै बानियाँ दलको नेतामा निर्वाचित भएका हुन् । 

प्रदेश सभामा रहेका कांग्रेसका ३७ सांसदमध्ये बानियाँले २२ मत प्राप्त गर्दा लामाको पक्षमा १४ मत परेको थियो । त्यस्तै १ मत बदर भएको थियो । संसदीय दलको नेतामा निर्वाचित भएपछि बानियाँले लोकतन्त्रमा आन्तरिक तथा बाह्य संघर्षहरू स्वाभाविक भएको प्रतिक्रिया दिए । 

उनले लामा कांग्रेसको संसदीय दलको नेताका हैसियतले मुख्यमन्त्री बनेको उल्लेख गर्दै अहिले दलका नेताको हैसियत समाप्त भइसकेकाले मार्गप्रसस्त गर्नुपर्ने बताए । 

मुख्यमन्त्री लामाले भने संसदीय दलको नेतामा पराजित भएपनि मुख्यमन्त्रीबाट राजीनामा दिनुपर्ने कुनै आधार नरहेको जिकिर गरे । उनले आफु संविधानको भावना अनुसार अघि बढ्ने बताउँदै आफु नेतृत्वको सरकारबिरुद्ध दुई वर्षसम्म अविश्वास प्रस्ताव ल्याउन नमिल्ने तर्क गरे । 

यसअघि संसदीय दलमा लामाविरुद्ध असन्तुष्टि बढ्दै गएपछि गत शुक्रबार अविश्वास प्रस्ताव दर्ता गरिएको थियो । मत विभाजनमा लामाको विपक्षमा २२ मत परेको थियो भने पक्षमा १५ मत मात्रै परेको थियो । उक्त प्रस्ताव बहुमतले पारित भएपछि नयाँ नेतृत्व चयन प्रक्रिया शुरु गरिएको थियो ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *