समाज

बागमतीका खानेपानी मन्त्री खड्काले दिए राजीनामा

बागमतीका खानेपानी मन्त्री खड्काले दिए राजीनामा

काठमाडौं । बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री श्याम बहादुर खड्काले राजीनामा दिएका छन्। 

मन्त्री खड्काले  मंगलबार मुख्यमन्त्री बहादुर सिंह लामा समक्ष राजीनामा बुझाएका हुन्। 

खड्काले राजीनामा दिएसँगै लामाविरूद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका छन् । लामाविरूद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने सांसदको संख्या २२ पुगेको छ ।

यसअघि ९ साउनमा प्रदेशका चार जना मन्त्रीले राजीनामा दिएर अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थिए ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *