समाज

पर्यटन पथ प्रदर्शकहरु नेपालको पर्यटन विकासका स्तम्भ हुन्ः मन्त्री पाण्डे

पर्यटन पथ प्रदर्शकहरु नेपालको पर्यटन विकासका स्तम्भ हुन्ः मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रिप्रसाद पाण्डेले पर्यटक पथ प्रदर्शकहरु नेपालको पर्यटन क्षेत्रको विकासका स्तम्भ भएको बताएका छन् । 

बिहीवार आयोजित नवौं राष्ट्रिय टुरिष्ट गाइड सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन् । पर्यटक पथ प्रदर्शकहरुले पर्यटकलाईमात्र नभएर देशकै पर्यटन क्षेत्रको बाटो देखाइरहेका मन्त्री पाण्डेको भनाई छ  । पाण्डेले  देशभक्ति भावना र व्यावसायिकतालाई सुदृढ बनाएर निष्ठाका साथ यो क्षेत्रमा लाग्न आग्रह गरेका छन् ।मन्त्री पाण्डेले पर्यटक पथ प्रदर्शकहरुका तत्काल समाधान गर्नुपर्ने समस्या समाधान गर्ने र पछि समाधान गर्नुपर्ने मुद्दाहरु नीति, कानूनबाट समाधान हुने विश्वास व्यक्त गरेका छन् । 

पाण्डेले काठमाडौं केन्द्रित पर्यटक पथ प्रदर्शकहरुको सञ्जाल देशव्यापी विस्तारका विषयमा सम्मेलनमा छलफल हुने विश्वास व्यक्त गर्दै आउने समस्या समाधानका लागि सरकार साथमा रहेको बताए । पर्यटक पथ प्रदर्शकहरुले राम्रो बोल्दा दुनियाँले राम्रो भन्ने र एक पटक आएको पर्यटक पटकपटक आउने पाण्डेले बताए ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *