समाज

एभिन्यूज प्रभाव : मोरङको रतुवामाईमा हलुवाई परिवारलाइ सहकारीद्वारा सहयोग

एभिन्यूज प्रभाव : मोरङको रतुवामाईमा हलुवाई परिवारलाइ सहकारीद्वारा सहयोग

मोरङ । मोरङको रतुवामाई नगरपालिका–५ स्थित गोविन्दपुर नजिकैको लेटिगाउँमा ऐलानी जग्गामा बसोवास गर्दै आईरहेका देव कुमार साह हलुवाईलाई राहत वितरण गरिएको छ । 

चरम आर्थिक अवस्थाका कारण हलुवाईको ७ जनाको परिवारलाई पालनपोषणमै समस्या परेको भनेर एभिन्यूजले खबर सम्प्रेषण गरेपछि रङ्गेली ७ मा रहेको सद्भाव बचत तथा ऋण सहकारी संस्थाले केही राहात प्रदान गरेको हो । 

संसथाले उनीहरूको घरमा पुगेर खाद्यान्य सामग्री दाल, तेल, साबुन, झुल, बाल्टिन, भुजा लगायतका सामग्री हस्तान्तरण गरेको छ । सो क्रममा संस्थाले उक्त परिवारको एक जना बच्चालाई कक्षा १० सम्मका लागि निःशुल्क  पठनपाठनका लागि सहयोग गर्ने प्रतिबद्धता पनि जनाएको छ ।

राहत विगतरण कार्यक्रमा हलुवाईको परिवारलाई गाउँका सहयोगीहरुले केही रकम पनि प्रदान गरेका थिए । आर्थिक अवस्थाका कारण हलुवाईले घरको चुईने छानो समेत टाल्न सकेका थिएनन् ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *