समाज

साउन दोस्रो सातामा बारामा ८० प्रतिशत धान रोपाइँ

साउन दोस्रो सातामा बारामा ८० प्रतिशत धान रोपाइँ

बारा । साउन दोस्रो साता सकिन लाग्दा बारामा ८० प्रतिशत क्षेत्रमा मात्रै धान रोपाइँ भएको छ । 

कृषि ज्ञान केन्द्र कलैयाको तथ्याङ्कले बाराको १६ वटा पालिकामा ८० प्रतिशत धान रोपाइँ भएको जानकारी गराएको छ । 

बेला बखत परेको अकासे पानी, बोरिङ्ग र गण्डक नहरको पानीको मदतले गत वर्षको तुलनामा ८० प्रतिशत रोपाइँ भएको हो । गत वर्ष ४६ हजार २० हेक्टरमा रोपाई भएको थियो । पानी नपरेर पिडा थपेको किसान बताउँछन् । 

समयमा पानी नपर्दा साहुसँग लिएको ऋण कसरी तिर्ने चिन्तामा किसान रहेका छन । किसानको समस्या प्रति सरकार निरिह रहेको उनीहरुको भनाइ छ । गत वर्ष ४६ हजार २० हेक्टरमा धान खेती भएपनि यो वर्ष कम क्षेत्रमा मात्रै रोपाइँ हुने अपेक्षा छ । 

मधेशमा किसानहरूले साहुकारसँग एक कठ्ठा खेतमा एक क्विन्टल धान दिने शर्तमा कागज गरी खेती गरेर जिविकापार्जन गर्ने गरेका छन् । पानीको हाहाकारमा किसानहरू छटपटिएका छन् । 

अकासे पानी नपर्नु, पानी सतह सुक्नुले बोरिङ्गमा पानी नआउदा साहुकारको लगानी कसरी तिर्ने किसानहरूलाई डरले सताएको छ ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *