भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका ९ लेखर्कमा रहेको पाँचधारे बजार पहिरोको जोखिममा परेको छ ।
बस्ती माथीको डाँडामा जमिन चर्किएर पहिरो जाने अवस्था बनेपछि बजार जोखिममा परेको हो । बजारको माथिल्लो भागमा जमिन चिरा परेर पहिरो जान थालेपछि पाँचधारे बजार जोखिममा रहेको टेम्केमैयुङ ९ लेखर्कका वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले जानकारी दिए ।
बजार माथीको डाँडामा ढुङ्गा उत्खनन् गरिँदा बस्तीलाई असर परेको उनको भनाइ छ । बजार क्षेत्रका आठ वटा घर पहिरोको जोखिममा रहेको वडाध्यक्ष माङ्गपाहाङ्गले बताए । यहाँको विपद् तथा क्षतिको विषयमा प्रहरी मुचुल्कासहित सम्बन्धित निकायमा पठाएको भएपनि कुनै सुनुवाई नभएको उनको भनाइ छ ।
अहिले पनि जमिन चर्किएको स्थानमा सामन्य पहिरो गईरहेको अध्यक्ष माङ्गपाहाङ्गले बताए । समयमा रोकथाम नगरिएमा ठूलो क्षति हुने अवस्था रहेको छ ।
