समाज

रमण कन्सट्रक्सनका सञ्चालक पवन महतो पक्राउ

रमण कन्सट्रक्सनका सञ्चालक पवन महतो पक्राउ

काठमाडौं । रमण कन्सट्रक्सनका सञ्चालक पवन महतो पक्राउ परेका छन् । 

उनी काठमाडौबाट पक्राउ परेका हुन् । काठमाडौंबाट पक्राउ परेका पवनलाई धनुषा लगिएको छ ।जिल्ला प्रहरी कार्यालय धनुषाका  अनुसार उनी ठगीको कसुरमा पक्राउ परेका हुन् । पवनसँगै उनका बाबु बलरामविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

उनीहरुविरुद्ध सन्तोष यादवले धनुषा प्रहरीमा उजुरी दिएका थिए । यादव पनि ठेक्कापट्टा व्यवसाय गर्दै आएका छन् । त्यसपछि करोड बढी ठगी तथा आपराधिक विश्वासघात गरेको आरोप लगाउँदै उनीहरुविरुद्ध यादवले उजुरी दिएका थिए । यसबारे अनुसन्धान प्रक्रिया अघि बढाइएको पनि प्रहरीले जनाएको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *