मुख्य समाचार

हमासद्वारा गाजामा भइरहेको नरसंहार तुरुन्त रोक्न संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय समुदायलाई अपील

हमासद्वारा गाजामा भइरहेको नरसंहार तुरुन्त रोक्न संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय समुदायलाई अपील

एजेन्सी । प्यालेष्टाइन बिद्रोही समुह हमासले इजरायलको गाजामा भइरहेको नरसंहार तुरुन्त रोक्न संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय समुदायलाई अपील गरेको छ ।

इजरायली सेनाले गाजा सिटी र अन्य क्षेत्रमा आक्रमण तीव्र पारेपछी हमासले विज्ञप्ती जारी यस्तो अपील गरेको छ । हमासले गाजामा व्यापक युद्धविराम स्वीकार गर्न र इजरायली बन्दीहरूलाई प्यालिस्टिनी कैदीहरूको सट्टा मुक्त गर्न आफुहरु तयार रहेको प्रतिक्रिया दिएको छ । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बाँकी कैदीहरूलाई मुक्त गर्न हमासलाई आग्रह गरेपछि यस्तो भनाइ  आएको हो । हिजो गाजामा इजरायलले गरेको बम आक्रमणमा कम्तीमा ७३ जना प्यालेस्टेनी मारिएका छन् । जसमा राहत सामग्री लिन आएकाहरु पनि सामेल छन् । 

इजरायली ग्रिनेडहरूले शरणार्थीहरु बसको विद्यालयमा आगलागी हुँदा शरण लिई बसेका माझ भागदौड मच्चिएको थियो । इजरायलले गाजा सिटीमा तीन हप्तामा कम्तीमा १०० वटा विस्फोटक रोबोट विस्फोट गराइसकेको छ, जसले पूरै आवासीय ब्लकहरू ध्वस्त बनाएको छ । 

यसैबीच, गाजाको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा भोकमरी र कुपोषणका कारण थप ६ जनाको मृत्यु भएको जनाएको छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *