मुख्य समाचार

ट्रम्पसँगको वार्ता उपलब्धीमुलक भएको जेलेन्स्कीको भनाइ, पुटिनसँग अर्को बैठकको तयारी

ट्रम्पसँगको वार्ता उपलब्धीमुलक भएको जेलेन्स्कीको भनाइ, पुटिनसँग अर्को बैठकको तयारी

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भ्लोदिमीर जेलेन्स्कीबीच वासिङटनमा भेटवार्ता भएको छ । भेटमा ठोस सहमति नभएपनि युरोपेली नेताहरुसहित अमेरिका पुगेका जेलेन्स्कीले राष्ट्रपति ट्रम्पसँगको भेटलाई उपलब्धीमुलक भनेका छन । 

वार्तापछि जर्मन चान्सलर फ्रिडरिख मर्जले शान्ति प्रक्रियाको लागि सकारात्मक सङ्केत देखिएको टिप्पणी गरेका छन् । ट्रम्पले युक्रेनका लागि दिएको सुरक्षा ग्यारेन्टीसम्बन्धी घोषणालाई युरोपेली नेताहरुले स्वागत गर्दै यो युरोप र युक्रेन दुवैका लागि महत्त्वपूर्ण कदम भएको बताएका छन् । 

जेलेन्स्कीले भेटका क्रममा ट्रम्पलाई आफूले युद्धमैदानको नक्सा देखाउँदै कुन क्षेत्रमा कसको नियन्त्रण छ भन्नेबारे प्रष्ट पारेको बताएका छन् । युक्रेनी नेताहरुले पनि अमेरिका लगायत देशहरुले सुरक्षाको ग्यारेन्टी दिने विश्वास व्यक्त गरेका छन् । युद्ध अन्त्य गर्न कूटनीतिक बाटो अपनाउन तयार भएपनि भूमि आदानप्रदान स्वीकार्य नहुने जेलेन्स्कीले स्पष्ट पारेका छन् ।

ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनका राष्ट्रपति जेलिन्स्कीबीचको भेट दुई हप्ताभित्र हुने बताएका छन । जर्मन चान्सलर मेट्र्जले ट्रम्पसँगको फोन वार्ताका क्रममा पुटिनले यो भेटघाटमा सहमति जनाएको बताएका हुन् । 

भेटघाट कहाँ हुने भन्ने कुरा तय भएको छैन । जेलेन्स्की र युरोपेली नेताहरूसँग भेटवार्ताका क्रममा एकछिन रोकेर ट्रम्पले पुटिनलाई फोन गरेपछि भेट तय भएको हो । छलफलमा युक्रेनका लागि अमेरिकी समर्थन रहिरहने, नेटेको सदस्य नरहने र युक्रेनमा शान्ति सेना पठाउने विषयमा पनि छलफल भएको छ । 

अमेरिकी राष्ट्रपति ट्रम्पले यद्ध रोकिने निश्चित भएपनि कहिले भन्ने निश्चित हुन बाँकी रहेको बताएका छन् । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *