एजेन्सी । भारत र क्यानडाले दुवै देशमा आफ्ना उच्चायुक्तहरूको नियुक्ति गर्ने घोषणा गरेका छन् ।
भारतले वरिष्ठ कूटनीतिज्ञ दिनेश के पटनायकलाई क्यानडामा भारतका नयाँ उच्चायुक्त नियुक्त गरेको हो । स्पेनमा पटनायक चाँडै क्यानडामा भारतका आगामी उच्चायुक्तका रूपमा पदभार ग्रहण गर्ने बताइएको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार भारतका अघिल्ला उच्चायुक्तले अक्टोबरमा क्यानडा छोडेका थिए । क्यानडाले पनि क्रिस्टोफर कूटरलाई भारतमा आफ्नो नयाँ उच्चायुक्त नियुक्त गरेको छ । उच्चायुक्त पद गत वर्षदेखि खाली रहेको थियो ।
क्यानडाकी विदेशमन्त्री अनीता आनन्दले उच्चायुक्तको नियुक्तिले भारतसँगको कुटनीतिक सम्बन्धलाई क्रमशः गहिरो बनाउने र द्विपक्षीय सहयोगलाई अगाडि बढाउने क्यानडा को नीति झल्काउने उल्लेख गरेकी छिन् ।
क्यानडाका पूर्व प्रधानमन्त्री जस्टिन ट्रुडोले भारतमाथि क्यानडामा रहेका सिख अलगाववादी नेता हरदीप सिंह निज्जरको हत्या गरेको आरोप लगाएसँगै दुई देशको सम्बन्ध विग्रेको थियो ।