काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाल र बंगलादेशबीचको खेलका लागि १० हजार टिकट बिक्रि गर्ने भएको छ ।
बिहीबार दशरथ रंगशालामा पत्रकार सम्मेलन गर्दै एन्फाले नेपाल र बंगलादेशबीच २१ र २४ भदौमा हुने दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलका लागि सामान्य प्याराफिट तर्फ ९ हजार र भिआइपीतर्फ एक हजार वटा टिकट बिक्रि गर्ने जनाएको हो ।
यसअघि एन्फाले सामान्य प्याराफिट तर्फ ७ हजार वटा टिकट बिक्रि गर्ने जनाएको थियो । मैत्रीपूर्ण खेलका लागि भीआइपीतर्फको टिकट १ हजार र समान्य पारापिटतर्फको टिकट मूल्य ५ सय रूपैयाँ तोकिएको छ ।
एन्फाले दुवै खेलको बिजेतालाई ट्रफी र पदक प्रदान गरिने जनाएको छ । यदि दुवै खेलबाट समग्रमा नजिता नआए दोश्रो खेलपछि पेनाल्टी सुटआउटमार्फत बिजेता तय गरिने एन्फाको भनाइ छ ।
मैत्रीपूर्ण फुटबलका लागि सवै तयारी पुरा भएको उल्लेख गर्दै प्रतियोगीताको अनुमानीत बजेट १ करोड २७ लाख ५८ हजार रहेको पनि एन्फाले जनाएको छ ।