एजेन्सी । पाकिस्तानतर्फबाट भएको गोलीबारीमा जम्मू–कश्मीर प्रशासनका एक उच्च अधिकारीको मृत्यु भएको भारतले दाबी गरेको छ ।
जम्मु-कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहका अनुसार अतिरिक्त जिल्ला विकास आयुक्त (डिभिजनल कमिस्नर) राजकुमार थापाको मृत्यु भएको हो । मुख्यमन्त्री अब्दुल्लाहले सामाजिक सञ्जाल ‘एक्स’मार्फत उक्त कुराको जानकारी दिएका हुन् ।
पाकिस्तानले राजौरी शहरलाई लक्षित गरी गरेको गोलीबारीमा थापाको घर निशानामा परेको थियो । सोही आक्रमणमा थापाको मृत्यु भएको हो ।
भारतले ‘अपरेशन सिन्दूर’ शुरु गर्दै हवाई हमला गरेपछि पाकिस्तानले त्यसविरुद्ध ‘बुनयान(उल(मरसूस’ को नाममा जवाफी कारबाही शुरु गरेको हो ।