समाज

पर्वतमा विद्यालयको रकम शिक्षकले नै हिनामिना गरेको आरोप

पर्वतमा विद्यालयको रकम शिक्षकले नै हिनामिना गरेको आरोप

पर्वत । पर्वतको फलेवास नगरपालिका वडा नंम्बर पाँच खानीगाउँमा सञ्चालित भवानी विद्यापीठ माध्यमिक विद्यालयको रकम शिक्षकले नै हिनामिना गरेको आरोप लागेको छ । 

विद्यालयमा अध्यापनरत सुचना प्रविधि विषयका शिक्षक लक्ष्मी धवालले १० लाख भन्दा बढी रकम  हिनामिना गरेको विद्यालयको आरोप लगाएको हो । धवलले विद्यालयका प्रधानाध्यापक र लेखापालको समेत हस्ताक्षर किर्ते गरी १० लाख ३५ हजार रुपैयाँ रकम हिनामिना गरेको खुलेपछि प्रहरीमा उजुरी परेको छ । 
 
ठूलो धनराशिको दुरुपयोग हुँदा विद्यालयले झण्डै ६ महिना पछि मात्रै थाहा पाएर आनुसन्धानको लागी प्रहरी गुहारेको हो । पहिलोपटक राष्ट्रिय वाणिज्य बैंक, कुश्मा शाखाबाट करिब  ९० हजार रुपैयाँ, दोस्रोपटक कोटेश्वर, काठमाडौं शाखाबाट  आठ लाख ५० हजार रुपैयाँ, र तेस्रोपटक  बाँकी रकम ९५ हजार निकालिएको देखिएको छ । 

विद्यालयबाट किटानी जाहेरी प्राप्त भएपछि छानविन भैरहेको प्रहरीले जनाएको छ । आरोपित शिक्षक भने सम्पर्कबिहीन छन् ।   

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *