मुख्य समाचार

आतंकवादविरुद्धको सबै खाले लडाइँलाई नेपालको समर्थनक

आतंकवादविरुद्धको सबै खाले लडाइँलाई नेपालको समर्थनक

काठमाडौ। भारत र पाकिस्तानबीच बढ्दो तनावबारे नेपालले आधिकारिक धारणा सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयले बिहीवार विज्ञप्ति जारी गर्दै  आतंकवादविरुद्धको सबै खाले लडाइँलाई नेपालको समर्थन रहने जनाएको छ ।  परराष्ट्र मन्त्रालयले पहलगाम आक्रमणमा नेपालले पनि भारतसँग पीडाको ऐक्यबद्धता गरेको उल्लेख गरेको छ । पहलगाम आक्रमणमा नेपालले एक नागरिकसमेत गुमाएको र तत्कालै उक्त आक्रमणको कडा शब्दमा भत्र्सना गरेको विज्ञप्तिमा उल्लेख छ ।  नेपालले दुई देशबीच बढ्दो तनाव कम हुने आशा व्यक्त गरेको छ । साथै यस क्षेत्रको शान्ति र स्थायित्वका लागि नेपाल प्रतिबद्ध रहेको पनि परराष्ट्रले जनाएको छ । यस्तै, नेपालले आफ्नो भूमि छिमिकीहरूविरुद्ध प्रयोग गर्न नदिने बताएको छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *