समाज

प्रतिनिधिसभा बैठक  सूचना टाँस गरेर बिहीबार बस्नेगरी स्थगित

प्रतिनिधिसभा बैठक  सूचना टाँस गरेर बिहीबार बस्नेगरी स्थगित

काठमाडौं ।  सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बिहीबारसम्मका लागि  स्थगन गरिएको छ । 

आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक  दलहरुका बीचमा बैठक सञ्चालनका लागि सहमति नजुटेपछि  ३ः१५ का लागि सारिएको थियो । दोस्रोपटक तोकिएको समयमा पनि बैठक बस्न नसकेपछि बिहीबार १ बजे बस्नेगरी सूचना टाँस गरिएको संसद् सचिवालयले जनाएको छ ।

भिजिट भिसा विषयमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै सदनमा प्रतिपक्षी दलहरु नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत समाजवादीलगायतले प्रतिनिधिसभा बैठक सञ्चालन गर्न दिएका छैनन् । मङ्गलबार पनि प्रतिपक्षी दलहरुले आफ्नो अडान कायमै राखेपछि बैठक आजका लागि सरेको थियो ।

आजको बैठकमा यहि जेठ १५ गते सदनमा प्रस्तुत भएको आगामी आव २०८२÷८३ को बजेटमाथि छलफल गर्ने सम्भावित कार्यसूची रहेको थियो । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *