समाज

पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएपछि अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाद्वारा असहमति प्रकट

पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएपछि अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाद्वारा असहमति प्रकट

काठमाडौं ।  समाचार लेखेकै कारण सुजित केसी र दिल भूषण पाठकलाई पक्राउ पुर्जी जारी भएपछि अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले असहमति प्रकट गरेको छ । 

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले प्रेस विज्ञप्ति जारी गर्दै लेख, रचना, समाचार, विचार प्रकाशनमा प्रतिबन्ध लगाउने र प्रेसलाई अंकुश लगाउने त्यस्तो कुनै व्यवस्था नेपालको संविधानमा नभएको बताएको छ । 

नेपालको संविधानको प्रस्तावनामा नै पूर्ण प्रेस स्वतन्त्रता, प्रेस स्वतन्त्रता र सञ्चारको हकको बारेमा स्पस्ट ब्यबस्था गरिएको भन्दै समाचार लेखेकै कारण  पक्राउ पुर्जी जारी गरिनुमा महासङ्घको गम्भीर ध्यानाकर्षण भएको छ । 

‘प्रेस सँग सम्बन्धित कुरा हेर्ने निकाय प्रेस काउन्सिल हो।  नियम कानुन अनुसार कोही पीडित भए सबैभन्दा पहिला  जानु पर्ने र उपचार खोज्नु पर्ने प्रेस काउन्सिल मै हो त्यस पछि बल्ल अरू निकाय जाने संविधान र कानुन मै व्यवस्था गरिएको छ तर राज्य शक्ति दुरुपयोग गर्ने प्रहरी, हचुवाको भरमा आदेश दिने न्यायाधीश र अदालतको यस तर्फ  गम्भीर ध्यानाकर्षण होस’ । विज्ञप्तिमा भनिएको छ । 

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले पत्रकार माथि भएका यी र यस्ता सबै  घटनाहरू प्रति खेद प्रकट गरेको छ ।  प्रेस स्वतन्त्रता, प्रेसको हक हित सुनिश्चित गर्न सम्बन्धित सबै पक्षसँग आव्हान समेत गरेको छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *