मुख्य समाचार

इरानमा इजरायली आक्रमणपछि जर्मनी र इजिप्टद्वारा युद्ध रोक्न आह्वान

इरानमा इजरायली आक्रमणपछि जर्मनी र इजिप्टद्वारा युद्ध रोक्न आह्वान

एजेन्सी । जर्मन विदेशमन्त्री जोहान वाडेफुलले इजिप्टको भ्रमणका क्रममा इजरायली आक्रमणपछि यस क्षेत्रको अवस्था बिग्रँदै गएको बताएका छन् । 

इजिप्टका विदेशमन्त्री बद्र अब्देलाट्टीसँग कायरोमा संयुक्त पत्रकार सम्मेलनमा बोल्दै वाडेफुलले इजरायली आक्रमणलाई चिन्ताजनक रहेको बताए । 

थप अस्थिरताबाट बच्न सबै पक्षबाट संयम अपनाउन आग्रह गरे । अब्देलाट्टीले फ्रान्स, ग्रीस, साइप्रस, इराक र कतारका आफ्ना समकक्षीहरूसँग छुट्टाछुट्टै फोन वार्ता पनि गरे । 

कुटनीतिज्ञहरू तनाव कम गर्न र क्षेत्रलाई अराजकतामा फस्नबाट रोक्नको लागि निकट समन्वय कायम राख्न र संयुक्त प्रयासहरू बढाउन सहमत भएका छन् । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *