मुख्य समाचार

एएफसी महिला एसियन कप छनोट : आज  नेपाल र उज्वेकिस्तान भिड्दै

एएफसी महिला एसियन कप छनोट : आज  नेपाल र उज्वेकिस्तान भिड्दै

काठमाडौं । एएफसी महिला एसियन कप २०२६ को छनोटमा नेपालले आज घरेलु टोली उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । 

दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति सवा नौ बजे शुरु हुनेछ । अस्ट्रेलियामा अर्को वर्ष हुने एसियन कप खेल्न पाउने भएकाले आजको खेल निर्णायक हुनेछ । 

समूह ‘एफ’ को दुई उत्कृष्ट टोली नेपाल र उज्वेकिस्तान समान ६ अंक र १७ गोलसहित शीर्ष स्थानमा छन् । दुवै टोलीले छनोट प्रतियोगितामा अहिलेसम्म गोल खाएका छैनन् । फिफा वरीयतामा उज्वेकिस्तान ५१ औं र नेपाल एक सयौं स्थानमा रहेका छन् । 

यसअघि दुई टोलीबीच तीन पटक प्रतिस्पर्धा भएकोमा तीन पटक नै उज्वेकिस्तान विजयी भएको थियो । उज्वेकिस्तानले पाँच पटक एसियन कप खेलिसकेको छ । नेपाली टोलीका लागि भने यो खेल इतिहास उल्ट्याउने अवसर हो ।

समूह एफमा नेपाल उज्बेकिस्तान, लाओस र श्रीलंका छन् । समूहमा शीर्ष रहने टोली आगामी वर्ष अस्ट्रेलियामा हुने महिला एसियन कप फुटबलका लागि छनोट हुनेछ ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *