मुख्य समाचार

एएफसी यू-२० महिला एसियन कप छनोट : भुटानसँग बराबरीमा रोकियो नेपाल

एएफसी यू-२० महिला एसियन कप छनोट : भुटानसँग बराबरीमा रोकियो नेपाल

काठमाडौं । एएफसी यु–२० महिला एसियन कप छनोटको पहिलो खेलमा नेपालले घरेलु टोली भुटानसँग १–१ गोलको बराबरी खेलेको छ ।  

पहिलो हाफमा १–१ गोलको बराबरी खेलेका दुवै टिमले दोस्रो हाफमा भने गोल गर्न सकेनन् । नेपालले खेलको पहिलो मिनेटमा नै १–० को अग्रता लिएको थियो । खेलको १८औं मिनेटमा भुटानले गोल गर्दै खेल १–१ को बराबरीमा फर्काएको थियो ।  

नेपालले दोस्रो खेल आगमी शुक्रबार साउदी अरेबियासँग खेल्नेछ । छनोट चरणको अन्तिम खेल नेपालले उत्तर कोरियासँग १० अगष्टमा खेल्नेछ । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *